१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २८ शनिबार ०६:०१:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अमेरिकी जनरलको राष्ट्रपति, प्रधानमन्त्री  र प्रधानसेनापतिसँग बेग्लाबेग्लै भेटवार्ता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २८ शनिबार ०६:०१:००

सैन्य सहयोग आदानप्रदान र विपत् व्यवस्थापनलगायत विषयमा छलफल 

नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको प्यासिफिक कमान्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिनले शुक्रबार राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन् । उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग बेग्लाबेग्लै भेटवार्ता गरेका हुन् ।

बिहीबार आएका जनरल चार्ल्सले सबै भेटवार्तामा नेपाली सेनालाई अमेरिकाले द्विपक्षीय तथा संयुक्त राष्ट्रसंघमार्फत सहयोग जारी राख्ने वचन दिएका छन् । जनरल चार्ल्सले प्रधानसेनापति शर्मासँग बेग्लै भेटवार्ता गरे भने उच्च सैनिक अधिकारीले नेपाली सेनाको अपरेसनल गतिविधिबारे सामूहिक रूपमा ब्रिफिङ गरेका थिए । 

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले अमेरिकी सेनाका तर्फबाट नेपाली सेनालाई दिइँदै आएको सहयोगप्रति आभार व्यक्त गरेका थिए । नेपाली सेनालाई अमेरिकी सेनाले चारवटा हेलिकोप्टर अनुदानमा दिने घोषणाअनुसार दुईवटा आइसकेको छ । ‘थप दुईवटा हेलिकोप्टर आउन बाँकी छ,’ सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले नयाँ पत्रिकासँग भने । अमेरिकी सेना र नेपाली सेनाबीच तालिम, विपत् व्यवस्थापनमा सहकार्य, संयुक्त अभ्यासलगायतमा सहकार्य हुँदै आएको छ । 

नेपाली सेनाले प्रधानसेनापति शर्मा र जनरल चार्ल्सबीच द्विपक्षीय हित र पारस्परिक सम्बन्धबारे छलफल भएको जनाएको छ । नेपालस्थित अमेरिकी राजदूतावासले भनेको छ, ‘मानवीय सहायता र विपत् व्यवस्थापनलगायत विषयमा जनरल चार्ल्सले छलफल गर्नुभयो र संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा पनि गर्नुभयो ।’

अमेरिकी जनरल चार्ल्सको सद्भावना भ्रमणमा आएको सेनाले जनाएको छ । सैनिक स्रोतका अनुसार प्रधानसेनापति शर्माको १३ देखि १७ असारसम्म हुने अमेरिका भ्रमणबारे पनि छलफल भएको थियो । ‘मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप प्रगाढ पारी आपसी सद्भाव बढाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाद्वारा जारी विज्ञप्तिमा छ । 

चार्ल्सले शनिबार बिहान सगरमाथाको आधार शिविर भ्रमण गर्ने कार्यक्रम छ । उनले आइतबार पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र तथा शिवपुरीस्थित सैनिक कमान्ड एन्ड स्टाफ कलेजको भ्रमण गरेर सोही दिन फर्किने कार्यक्रम रहेको जंगी अड्डाले जनाएको छ ।