Skip This
एकल महिला हत्या प्रकरण : भाउजूको हत्यामा देवरको संग्लनता 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १७:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एकल महिला हत्या प्रकरण : भाउजूको हत्यामा देवरको संग्लनता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३९:oo

शैल्यशिखर नगरपालिका १ बारिलका ४५ वर्षीया अनिभा खडायतको हत्यामा उनकै देवरको संग्लनता रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले शुक्रबार पत्रकार सम्मेलन गर्दै घटनामा संग्लन ४२ वर्षीय भोजराज खडायतलाई सार्वजनिक गरेको हो । 

जेठ २५ गते बिहान ३ बजे घरभन्दाबाहिर बोलाएर भोजराजले अनिभाको खरको थुप्रोमा आगो लगाएर हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रतीक विष्टले बताए । घरभन्दा ५० मिटर टाढा रहेको उखुबारीमा खरको थुप्रोमा आगो लगाएर हत्या गरेको प्रमाण फेला पर्‍यो, पत्रकार सम्मेलनमा डिएसपी विष्टले भने, 'सुरुमा टाउकोमा ढुंगाले हानेको देखिन्छ ।' 

‘मृत महिलाको टाउकोमा चोट थियो । मृतक महिलाको शवनजिकै चप्पल, पुरुषले प्रयोग गर्ने कट्टु र रगत जस्तो रातो पदार्थ लागेको ढुंगा फेला परेको थियो । शारीरिक सम्बन्धको विषयमा विवाद हुँदा ढुंगाले हानेर सुरुमा हत्या गरेको जस्तो देखिन्छ, डिएसपी विष्टले भने, ‘पछि अरूले थाहा पाउँछन् भनेर आगोमा जलाएको हुनुपर्छ ।’ 

घटनालगत्तै भोजराज फरार रहेका थिए । चमेलिया जलविद्युत् आयोजनाको पावर हाउसमा सेक्युरिटी गार्डसमेत रहेका खडायतलाई बिहीबार प्रहरीले बैतडीको दोगेडाकेदार गाउँपालिका ३ खोचलेकबाट पक्राउ गरिएको थियो ।

घटनाको अनुसन्धानको लागि थप अरू दुईजनालाई पनि नियन्त्रणमा लिएको भए पनि सो घटनामा उनीहरूको प्रत्यक्ष संग्लनता नरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनालगत्तै अनुसन्धानको लागि वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको थियो । उनीहरूविरुद्ध अभद्र कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

घटनामा संग्लन रहेका भोजराजबाट प्रहरीले पर्ससहितको नगद रुपैयाँ, सादा मोबाइल सेट, कानमा लगाएको सुनको बाली २ थान र नाकमा लगाएको सुनको नथिया बरामद गरेको छ । आरोपितविरुद्ध जबर्जस्ती करणी, ज्यानसम्बन्धी कसुर र डाका चोरीअन्तर्गत मुद्दा दर्ता गरिएको डिएसपी विष्टले बताए ।

याे पनि

आमा खोज्न जाँदा काका भेटिएपछि..........