१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १६:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

प्रकाश दुतराजको नयाँ गीत ‘मन भुल्छ’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १६:१९:oo

गायक प्रकाश दुतराजले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले मंगलबार राति ‘मन भुल्छ’ बोलको नयाँ गीत सार्वजनिक गरेका हुन्।  ‘जाम भो माइली’पछि सात महिनाको अन्तरमा उनले अर्को गीत ल्याएका हुन्।

प्रकाश र शान्तिश्री परियारको स्वर रहेको गीतमा प्रकाशको आफ्नै शब्द र संगीत रहेको छ। गीतको एजेन्ज कृष्ण विकले गरेका छन्। गीतको भिडियोमा प्रकाशले यसअघि दर्शकले रुचाएका विभिन्न भिडियोका पात्रहरूलाई एउटै भिडियोमार्फत प्रस्तुत गरेका छन्।

भिडियोमा प्रकाशसँगै सुजल बम, भूमिका गिरी, जुना सुन्दास, आयुष्मा कार्की, विजय पुन, रोशनी कार्की, गीता ढुंगानालगायतका कलाकार रहेका छन्। मौसम हिमालीको निर्देशन रहेको भिडियोलाई अनिल के. मानन्धनले छायांकन गरेका छन्। नवीन घर्तीमगरको सम्पादन तथा कलरपछि भिडियो सार्वजनिक गरिएको हो।

ad
ad