१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालय तत्काल खुला गर्न एमाले सचिव अर्यालको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:o२:oo

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सचिव पद्माकुमारी अर्यालले लामो समयदेखि बन्द रहेको त्रिभुवन विश्वविद्यालय तत्काल खुला गर्न सरकारसँग माग गरेकी छिन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सचिव भुसालले प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति भएको विश्वविद्यालय पाँच महिनादेखि बन्द हुँदासमेत मौन बस्नु राम्रो नभएको बताइन् । 

‘देशको सबैभन्दा ठूलो, जेठो त्रिभुवन विश्वविद्यालय विगत पाँच महिनादेखि बन्द छ । बारम्बार सदनमा विषयहरू उठेकै छन् । तैपनि सरकारको ध्यानाकर्षण हुन सकेको छैन । एक दिन एकछिन खुला गरेर गृहमन्त्रीज्यूको निर्देशनमा प्रहरीलाई साँची राखेर बन्द गर्ने काम भएको सुनिएको छ,’ सचिव अर्यालले भनिन्, ‘गृह मन्त्रालयको काम बन्द रहेको विद्यालय खुलाउने हो कि बन्द गर्ने ? लामो समयसम्म विश्वविद्यालय बन्द हुँदा प्रधानमन्त्री र शिक्षामन्त्री के हेरेर बस्नुभएको छ ? वार्ता गरेर खुलाउनुपर्छ कि पर्दैन ?’

ad
ad