१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २५ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २५ बुधबार १८:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टुकुचा खोलाले बगाउँदै गरेको अवस्थामा एक युवकको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २५ बुधबार १८:४३:oo

लाजिम्पाटस्थित निलसरस्वतीस्थान नजिक टुकुचा खोलाले बगाउँदै गरेको अवस्थामा एक युवकको प्रहरीले उद्धार गरेको छ। बुधबार दिउँसो परेको मुसलधारे पानीपछि टुकुचा खोलाको बहाव बढेको थियो। 

खोलाको बहाव बढेपछि धापासी घर भएका २१ वर्षीय सुरज अर्याल र उनी चढेको मोटरसाइकल खोलाले बगाएको थियो। प्रहरीले तत्कालै उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार अर्यालको सकुशल उद्धार गरिएको छ भने उनी चढेको बागमती प्रदेश–०२–०१३ प २५८८ नम्बरको मोटरसाइकल भने भेटिएको छैन।