१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फोहोर व्यवस्थापनमा जहाँबाट जति सकिन्छ सहयोग गरौँ : प्रदीप पौडेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४३:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौंको फोहाेर व्यावस्थापनमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । यसले पार्ने वातावरणीय प्रभावको असरबाट कोही पनि मुक्त हुन नसक्ने भन्दै उनले महानगरको फोहोरको समस्या सबैको साझा समस्या भएको बताएका छन् ।

नेता पौडेलले स्थानीयवासीसँग भएका सम्झौताहरू पालना गर्न र उनीहरूको माग र समस्याहरूको समाधान गर्न पनि सरकारसँग आग्रह गरेका छन् । ‘महानगरको फोहोरको समस्या सबैको समस्या हो, यसले पार्ने वातावरणीय प्रभावको असरबाट कोही मुक्त छैन। फोहाेर व्यवस्थापनमा जसले जहाँबाट जति सकिन्छ सहयोग गरौँ । फोहाेरको प्रकृति हेरेर वर्गीकरण गरौँ, यो हामीहरूकै लागि हो,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘व्यवस्थापन स्थलका स्थानीयको समस्याहरूको समाधान गरौँ, सम्झौताहरू पालना गरौँ ।’

महानगरको फोहोरको समस्या सबैको समस्या हो, यसले पार्ने वातावरणीय प्रभावको असरबाट कोही मुक्त छैन। फोहर व्यवस्थापनमा जसले जहाँबाट जति सकिन्छ सहयोग गरौँ । फोहाेरको प्रकृति हेरेर वर्गीकरण गरौँ, यो हामीहरूकै लागि हो। व्यवस्थापन स्थलका स्थानीयहरूको समस्याहरूको समाधान गरौँ, सम्झौताहरू पालना गरौँ ।

— Pradip Paudel (@paudelpradipNC) June 7, 2022