
एलजी ब्रान्डले स्मार्ट थिङक्यु भएको वाइफाईबाट चल्ने एसी नेपाली बजारमा ल्याएको छ । कम्पनीले वाइफाईमार्फत जुनसुकै ठाउँबाट आफ्नो मोबाइलमार्फत सञ्चालन गर्न मिल्ने स्मार्ट थिङक्यु भएको एससी बजारमा ल्याएको हो ।
यो एसी सञ्चालकले आफ्नो आवाजले पनि वाइफाईमार्फत नियन्त्रण गर्न सक्ने जनाइएको छ । इन्भर्टर प्रविधि भएको यस एसीमा १० वर्षको वारेन्टी रहेको जनाइएको छ । एलजी डुअल इन्भर्टर एसी सबै मौसमका लागि उपयोगी हुने कम्पनीको दाबी छ । एलजी एसीमा एन्टिभाइरस फिल्टर रहेकाले अनावश्यक प्रदूषण नियन्त्रण गर्नुका साथै ९९.९ प्रतिशतसम्म कीटाणु नष्ट गरी वातावरणलाई स्वच्छ बनाउने कम्पनीले जनाएको छ ।
एलजी घरायसी सामग्रीको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इम्पेक्सले बजारमा ल्याएको यो एसीमा डुअल इन्भर्टर कम्प्रेसर रहेको र यसमा ७० प्रतिशत बिजुली बचत गर्नुका साथै तुलनात्मक रूपमा छिटो तातो र मौससअनुसार छिटो चिसो पार्ने विशेषता रहेको कम्पनीको दाबी छ ।