Skip This
महानिर्देशक नमराज घिमिरेलाई प्रश्न : कस्ता सवारीसाधनलाई इम्बोस्ड नम्बरप्लेट अनिवार्य ? (भिडियो)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २४ मंगलबार
  • Tuesday, 13 May, 2025
२o७९ जेठ २४ मंगलबार १९:२३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

महानिर्देशक नमराज घिमिरेलाई प्रश्न : कस्ता सवारीसाधनलाई इम्बोस्ड नम्बरप्लेट अनिवार्य ? (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २४ मंगलबार १९:२३:oo

यातायात व्यवस्था विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट राख्ने कुरा नगरेको स्पष्ट पारेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट राख्न सूचना जारी नगरिएको बताएको हो।

पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक नमराज घिमिरेले विभागले आफ्नो नियमित कार्यतालिकाअनुसार सूचना प्रकाशित गरेको बताए। उनले बाहिर हल्ला भएजस्तो विभागले किटान गरेर साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गरिसक्न नभनेको जिकिर गरे।

‘आगामी साउन १ गतेबाट विभागले अनुगमन गर्दा २०७८ साल कात्तिक २२ गतेको सूचनाबमोजिम २०७८ मंसिर १ गतेपछि दर्ता भएका, फागुनबाट नामसारी भएका र जेठ १ गतेबाट नवीकरण भएका सवारीसाधनहरूमा इम्बोस्ड नम्बरप्लेट जडान भएको छ कि छैन भनेर अनुगमन गर्ने भनिएको हो। यसको अर्थ २०७९ साउन १ गतेबाट २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट लगाइसक्ने भनिएको होइन,’ उनले भने।

इम्बोस्ड नम्बरप्लेट जडानका लागि विभागले सम्पूर्ण पूर्वाधार तयार पारेको उनको दाबी छ। ‘यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बरप्लेट जडान गर्नको लागि सम्पूर्ण पूर्वाधारहरू तयार गरिसकेको छ। मुख्य पूर्वाधार भनेको नम्बरप्लेट उत्पादन हो। जडान गर्न यातायात व्यवस्था कार्यालय वा जनशक्ति उपलब्ध गराउने विषय हो,’ महानिर्देशक घिमिरेले भने।