१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता असोजमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:oo:oo

 पोखरामा आगामी ५ देखि ९ असोजसम्म तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत ५० देशका १५ सय खेलाडी प्रतियोगितामा सहभागी हुने जानकारी दिएको हो । 

संघका महासचिव दीपराज गुरुङका अनुसार प्रतियोगितामा सिनियर महिला–पुरुषतर्फ आठ–आठ र जुनियरतर्फ १०–१० तौल समूहका खेल हुनेछन् । काठमाडौँमा हुँदै आएको प्रतियोगिता कोभिड महामारीका कारण गत वर्ष रोकिएको थियो । अन्तर्राष्ट्रिय तेक्वान्दो संघले प्रतियोगिता सञ्चालनका लागि हालै अनुमति दिएपछि आयोजकले मिति घोषणासँगै तयारी सुरु गरेको संघका महासचिव गुरुङले जानकारी दिए ।

 ५० देशका १५ सय खेलाडीबीच प्रतिस्पर्धा हुने
प्रतियोगितामा ५० भन्दा बढी देशका एक हजार पाँच सय खेलाडीको सहभागिता रहने आयोजकको अनुमान छ । खेलाडीसँगै रेफ्री, अफिसियल र परिवारका सदस्य गरी दुई हजारभन्दा बढी विदेशी पोखरा आउने आयोजकको भनाइ छ । विश्व तेक्वान्दो संघबाट मान्यता प्राप्त गरेको जिटु खेल खेलाइने भएकाले सहभागी संख्या अझै बढ्न सक्ने अनुमान आयोजकको छ । प्रतियोगिता सम्पन्न गर्न करिब दुई करोड लाग्ने अनुमान मूल आयोजक समितिका अध्यक्ष प्रकाश शमशेर राणाले गरे ।

 प्रतियोगिताका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख संरक्षकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति र ५१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । प्रतियोगिताले पोखराको मात्र नभई नेपालको खेल तथा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ । साथै कोभिड महामारीले थलिएको पर्यटन व्यवसाय प्रवद्र्धनका लागि समेत प्रतियोगिता सहयोगी हुने आशा गरिएको छ ।

ad
ad