१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सातामा दुई दिन बिदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:४८:oo

हप्तामा दुई दिन सरकारी बिदा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। दुई दिन बिदाको निर्णयले दूरगामी असर पार्ने भन्दै यसविरुद्ध अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडा, त्रिलोक चन्द, दीपक खनाल र तेजकुमार लोहीले रिट दर्ता गराएका हुन्। 

रिटको मंगलबारका लागि पेसी तोकिएको सर्वोच्चले जनाएको छ। सरकारले गत जेठ १ बाट लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको रिटमा अध्ययनविनै हचुवाको भरमा गरिएको यस्तो निर्णयबाट मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य क्षेत्रमा जटिलता देखिने भएकाले खारेजीको माग गरिएको छ।

‘यति ठूलो निर्णय हरेक व्यक्तिको उत्पादकत्व कार्यशैली, सार्वजनिक सेवा, सरकारी तथा गैरसरकारी सेवासँग जोडिएको विषयको दूरगामी असरलाई निचोरेर नहेरी, यसको विश्लेषणात्मक अध्ययन–अनुसन्धानविनै हचुवाको भरमा हप्तामा दुई दिन बिदा घोषणा गरिएको अवस्था छ,’ रिटमा भनिएको छ।

ad
ad