मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १३:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बढ्दै बलात्कारका घटना : यो वर्ष मात्रै महोत्तरीमा १९ जना बलात्कृत, सातजनामाथि बलात्कार प्रयास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४३:oo

घटना १- सात वर्षीया बालिका ६० वर्षीय वृद्धबाट बलात्कृत
गत मंगलबार (जेठ १७ गते) साँझ मामाघर आएकी एक सात वर्षीया बालिका ६० वर्षीय वृद्धबाट बलात्कृत भइन्। मामाघरको छिमेकमा आफ्नै उमेरका बालकसँग खेलिरहेकी बालिकालाई तिनै बालकका हजुरबुबाले बलात्कार गरेको पीडित पक्षको आरोप छ। प्रहरीले आरोपी ६० वर्षीय रामआश्रय साहलाई बुधबार नै नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। यता बालिका अझै उपचारमा रहेको प्रहरीले जनाएको छ।

घटना २- किशोरहरूबाट बालिका बलात्कृत
गत सोमबार (जेठ १६ गते) आफ्नै घरअगाडि खेलिरहेकी एक ६ वर्षीया नाबालिकालाई उनकै चार पुस्ताभित्रका दाजु पर्ने १४ र १२ वर्षका दुई किशोरले बलात्कार गरे। बालिकामाथि बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपीहरूविरुद्ध मुद्दा दर्ता गराएका छन्। यता प्रहरीले अदालतबाट पाँच दिनको निगरानी कक्षमा राखेर अनुसन्धान गर्न अनुमति लिई अनुसन्धान गरेको र हाल आफन्तको जिम्मामा राखी थप अनुसन्धान चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उल्लिखित घटनाहरू बलात्कारका केही प्रतिनिधि घटना हुन्। महोत्तरीमा पछिल्लो समय बलात्कारका घटना बढ्दो क्रममा छ। यसै आर्थिक वर्षको हालसम्म जिल्लामा १९ जना बलात्कृत भएका छन् भने सातजनामाथि बलात्कारको प्रयास भएको छ।

जिल्लामा नाबालिकाहरूमाथि समेत बलात्कार बढ्दो छ। चालू आर्थिक वर्षको महोत्तरीमा हालसम्म बाल यौन दुराचारका दुई घटना सार्वजनिक भएका छन्। बलात्कार गर्नेमा वृद्धदेखि नाबालकसम्म रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रहरीको तथ्यांकअनुसाार जिल्लामा आर्थिक वर्ष ०७५/७६ मा ३०, ०७६/०७७ मा १६ र ०७७/०७८ मा ४४ बलात्कारका घटना भएका छन्। यता चालू आर्थिक वर्षको साउनमा एक, भदाैमा एक, कात्तिकमा चार, मंसिरमा एक, पुसमा चार, माघमा एक, फागुनमा तीन, चैतमा दुई र जेठको तेस्रो सातासम्म दुई गरी कुल १९ घटना घटेका प्रहरीले जनाएको छ।