१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
सोनी राई सोलुखुम्बु
२o८१ जेठ ४ शुक्रबार ११:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सोलुखुम्बु जिसस प्रमुखमा कांग्रेस नेता निरौला निर्विरोध

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:२९:oo

जिल्ला समन्वय समिति सोलुखुम्बुको प्रमुखमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद निरौला निर्विरोध निर्वाचित भएका छन् । आठ स्थानीय तह रहेको जिल्लामा पाँच पालिकामा जित हासिल गरेको नेपाली कांग्रेसले जिल्ला समन्वय समितिमा एकल उम्मेदवार दर्ता गराएको थियो । 

जिल्ला समन्वय समिति निर्माणका लागि नौ मत आवश्यक पर्नेमा १० मत कांग्रेससँग रहेकाले अन्य पार्टीले उम्मेदवार नदिएपछि कांग्रेसले एकल समिति बनाएको हो । ०३६ देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय निरौला ०४३ को गाउँ पञ्चायतमा निर्वाचित भएका थिए ।

०५४ मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा साबिक पञ्चन गाविसको उपाध्यक्ष बनेका निरौला कांग्रेसको १२औँ जिल्ला अधिवेशनबाट जिल्ला उपसभापतिमा निर्वाचित भई करिब एक कार्यकाल नेपाली कांग्रेस सोलुखुम्बुको कार्यवाहक सभापति बनेर पार्टीको नेतृत्व गरेका थिए । ६२ वर्षीय निरौला यसपटकको स्थानीय तह निर्वाचनमा थुलुङदूधकोसी गाउँपालिका– ३ पञ्चनबाट वडासदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै, समन्वयको उपप्रमुखमा सोलुदूधकुण्ड– ३ बाट वडासदस्यमा निर्वाचित टीकामाया मगर निर्विरोध भएकी छिन् । बाँकी रहेका सात सदस्यमा नारायणकुमार निरौला, धर्मध्वज बस्नेत, पेम्बा शेर्पा, सोमराज केसी, हिरामाया विक, सीतामाया बस्नेत र कमला नाछिरिङ रहेका छन् । वैशाख  ३० मा सम्पन्न निर्वाचनमा सोलुखुम्बुमा नेकपा एमालेले दुई, माओवादी केन्द्रले एक र नेपाली कांग्रेसले पाँच पालिका जितेको छ ।

ad
ad