मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:११:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सांग्रिला डेभलपमेन्ट बैंकको साइकल र्‍याली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:११:oo

विश्व वातावरण दिवसको अवसर पारेर सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साइकल र्‍याली गरेको छ । बैंकले ‘इन्धन बचाउ पृथ्वी बचाउ’ तथा ‘साइकल चलाउ इन्धन बचाउ’जस्ता नाराका साथ साइकल र्‍यालीको आयोजना गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले र्‍यालीमा सहभागीलाई इन्धन बचाउन सांग्रिला डेभलपमेन्ट बैंकले चालेका कदमहरूको विषयमा जानकारी दिएका थिए । बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भएको र्‍याली भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, सहिदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबारमार्ग, लैनचौर, कालिका टावर हुँदै बालुवाटारमा पुगेर सम्पन्न भएको बैंकले जनाएको छ ।र्‍यालीमा बैंकका संस्थापक र सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरू, विभागीय प्रमुखहरू तथा अन्य कर्मचारीको उपस्थिति रहेको जनाइएको छ ।  

इन्धन खपत घटाउने देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आवतजावत गर्दा विद्युतीय सवारीसाधनको प्रयोग, सार्वजनिक यातायातको प्रयोग, कम इन्धन प्रयोग हुने सवारीसाधनको प्रयोग, साइकलको प्रयोग तथा हिँडेर कार्यालय आवतजावत तथा कार पुलिङ गर्न उत्पे्ररित गरिरहेको बैंकले जनाएको छ ।

देशमा इन्धनको खपत सक्दो कम गरी वातावरणलाई सफा–स्वच्छ राख्नका लागि विभिन्न किसिमका कार्यक्रम तथा शिविरमार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘सेभ फ्युल च्यालेन्ज’ भन्ने नाराका साथ बैंक अगाडि बढेकाले यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ ।