१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २२ आइतबार २०:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं विश्वविद्यालयका एक हजार सात सय विद्यार्थी दीक्षित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २२ आइतबार २०:००:००

काठमाडौं विश्वविद्यालयको २७औँ दीक्षान्त समारोह सम्पन्न गरेको छ । दोस्रो चरणको २७ औँ दीक्षान्तमा कला, विज्ञान, इन्जिनियरिङ, मेडिकल साइन्स, शिक्षा तथा व्यवस्थापन संकायका एक हजार सात सय विद्यार्थी दीक्षित भएका छन् । सो दीक्षान्तमा भारत, श्रीलंका, माल्दिभ्स, अमेरिका, अस्ट्रेलिया, चीन, बंगलादेश, नेदरल्यान्ड र जर्मनी गरी १० देशका १ सय ५८ जना विदेशी विद्यार्थी सहभागी थिए । 

दोस्रो अर्थात् केयूको २७औँ दीक्षान्त २०२१ सम्म अन्डरग्राजुएट, ग्राजुएट, एमफिल र विधावारिधी गर्नेहरूका सन्दर्भमा यस शैक्षक सत्रमा दोस्रोपटक आयोजना गरिएको हो । उनीहरूमध्ये १ हजार चार सय ४९ जनाले गत मंसिर २९ मा पहिलो चरणमा दीक्षित हुने अवसर पाएका थिए । दोस्रो चरणको दीक्षान्तमा कला, विज्ञान, इन्जिनियरिङ, मेडिकल साइन्स, शिक्षा तथा व्यवस्थापन संकायका भारत, श्रीलंका, माल्दिभ्स, अमेरिका, अस्ट्रेलिया, चीन, बंगलादेश, नेदरल्यान्ड र जर्मनी गरी १० देशका १ सय ५८ जना विदेशीसहित एक हजार सात सय विद्यार्थीहरू सम्मिलित थिए । 

हालसम्म काठमाडौं विश्वविद्यालयबाट ३८ हजार ३ सय ३९ जना विद्यार्थी दीक्षित भएका छन् । 

अघिल्लो दीक्षान्तमा सहभागी हुन नसके पनि यसपटकको दोस्रो चरणमा प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवा आफैँ धुलिखेल पुगेर दीक्षितमध्ये विद्यावारिधी गर्ने ७ जना, डिएम गर्ने ४ जनासहित चान्सलर स्वर्णपदक, भाइस चान्सलर स्वर्णपदक, जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक र रणबहादुर शाह स्वर्णपदक पाउने ७ जना गरी १८ जनालाई पदक तथा प्रमाणपत्र वितरण गरे ।