मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ११ शनिबार
  • Saturday, 25 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २२ आइतबार १७:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २२ आइतबार १७:३०:००

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार नियमित भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

भेटमा प्रतिनिधि सभा अन्तरगतको राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच नागरिकता लगायत विचाराधिन विधेयकहरू र उपसभामुख चयनका विषयमा पनि छलफल भएको छ ।