मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format o८:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भैरहवा-परासी सडकखण्डमा बस दुर्घटना हुँदा नौजनाको मृत्यु, २३ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:१३:oo

जनकपुरबाट भैरहवा आउँदै गरेको बस रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी पुलमा दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । घाइतेको भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी नवरत्न पौडेलले जानकारी दिए ।

आइतबार बिहान करिब साढे ४ बजे बस रोहिणी पुलबाट खोलामा खसेको थियो । दुर्घटनामा परी पाँचजनाको मेडिकल कलेज भैरहवामा र चारजनाको भीम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु.२ख ३८४१ नम्बरको बस रोहिणी नदीमा खसेको हो । चालक निदाएकाले बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको  छ ।  मृतकको सनाखत हुन सकेकाे छैन । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए।