मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वामपन्थी आन्दोलनका मूल नेताहरू नै वाम एकताको पक्षमा छैनन् : खनाल (भिडियाेसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:१५:oo

नेकपा (एकीकृत समाजवादी)मा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेताहरू नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन् ।  शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद् भवन पुगेका नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मुलुकको आवश्यकता भएको पनि बताए ।

वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका मूल नेता भन्नेहरू नै एकताको पक्षमा नरहेको उनको गुनासो थियो। खनालले नेताहरूले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पारे। ‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर वामपन्थी आन्दोलनका आफूलाई मूल भन्ने नेताहरू जुन छन् नि ती नेताहरू एकताको पक्षमा छैनन् । त्यसकारणले नेताहरूले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिवेलासम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’

सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै खनालले बजेटमाथि छलफल भइरहेको वेलामा सांसदहरूको न्यून उपस्थिति हुनु राम्रो नभएको बताए। संसद्लाई उपेक्षा गरेमा नराम्रा परिणामहरू आउने उनले बताए । ‘यो राजनीतिक पार्टीहरूले र स्वयं सांसदहरूले संसद्लाई कसरी हेर्नुहुन्छ, त्यसको महत्वलाई कसरी बुझ्नुहुन्छ, त्यहाँ हुने बहस, छलफल र आफैँले पनि त्यसमा सहभागी हुने कुराको महत्वलाई कत्तिको गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने कुरामाथि पनि निर्भर गर्छ । यसरी संसद्प्रति उपेक्षा गरिनु राम्रो होइन । उपेक्षा गर्दै गयो भने यसले धेरै नराम्रा परिणामहरू ल्याउन सक्छ ।’