१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १८:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सत्तारुढ गठबन्धनमा छलफल– कात्तिकमा संघ र प्रदेशको निर्वाचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १८:१४:oo

सत्तारुढ गठबन्धनमा संघ र प्रदेशको निर्वाचन कात्तिकमा गर्ने गरी छलफल सुरु भएको छ । आगामी कात्तिक अन्तिममा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने गरी छलफल सुरु भएको सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नयाँ पत्रिकालाई जानकारी दिए । 

सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा निर्वाचनबारे सामान्य छलफल भएको छ । खनालले निर्वाचनबारे छलफल सुरु भएको र नेताहरूको मिश्रित जवाफ आएको जानकारी दिए ।

‘अवधि सकिनुअगावै निर्वाचन गर्न मंसिरअघिको समय उपयुक्त हुन्छ भन्ने छलफल भयो,’ उनले भने, ‘नेताहरूको मिश्रित प्रतिक्रिया आएको छ।’

ad
ad