१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १७ मंगलबार
  • Friday, 09 May, 2025
तस्बिरहरु : संजित परियार
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १७ मंगलबार १५:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विमान दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइयो (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १७ मंगलबार १५:३६:oo

तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइएको छ। ज्यान गुमाएका १० जनाको शव सोमबार साँझ ल्याइएको थियो भने बाँकी १२ शव आज नेपाली सेनाको हेलिकाेप्टरबाट काठमाडौं ल्याइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सबै शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ। शवको पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो। मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान फेलापरेको थियो।

विमानमा चालक दलका क्याप्टेन प्रभाकर घिमिरे, सहचालक उत्सव पोख्रेल र परिचालिका कृश्मी थापासहित नेपाली नागरिकहरू इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकमाया तामाङ, तुलसादेवी तामाङ रहेका थिए।

यसैगरी, भारतीय नागरिकहरू भाइभाइ बन्देकर, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, रितिका त्रिपाठी तथा जर्मन नागरिकहरू मेकग्रिफ्ट ग्राफ र बिई विइल्नर सवार रहेका प्राधिकरणले जनाएको छ।