मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 चैतमा काठमाडौं आएको मेलम्ची जेठमै बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:१o:oo

दाेस्रोपटक चैतमा काठमाडौं ल्याइएको मेलम्ची खानेपानी बन्द भएको छ । मंगलबार खानेपानी संस्थान महाँकालचौर शाखाले सूचना निकालेर मेलम्ची खानेपानी बन्द भएको जानकारी दिएको छ ।

सिन्धुपाल्चोकस्थित मुहानमा वर्षा सुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएकाले टनेलको सुरक्षाका लागि भन्दै मंगलबारदेखि मेलम्ची खानेपानीको मूलढोका बन्द गरिएको जनाइएको छ । शाखाले खानेपानी वितरण तालिका हेरफेर गरी नयाँ सूचना जारी गर्नेसमेत जनाएको छ ।