१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १७:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

उदयपुरको त्रियुगा नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:o३:oo

उदयपुरको त्रियुगा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वसन्तकुमार बस्नेत विजयी भएका छन् । बस्नेतले प्रतिद्वन्द्वी नेकपा एमालेका भागवत राउतलाई दुई हजार ८६ मतले पराजित गरेका हुन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको मतमा निर्वाचित बस्नेतले १३ हजार ९५९ मत प्राप्त गर्दा राउतले ११ हजार ८७३ मत ल्याए । नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादीका साझा उम्मेदवार बलदेव चौधरीले नौ हजार १४७ मत पाएर तेस्रो भएका छन् । चौधरी त्रियुगाका निर्वतमान नगरप्रमुख हुन् । 

त्यसैगरी, उपप्रमुखमा एमालेकी महेश्वरी राई निर्वाचित भएकी छिन् । राईले कांग्रेसकी सरिता राईलाई एक हजार ७२२ मतले पराजित गर्दै निर्वाचित भएकी हुन् । निर्वाचित भएकी राईले १३ हजार ७०३ मत पाएकी छिन् । पराजित हुने कांग्रेसकी राईले ११ हजार ९८१ मत पाएकी छिन् । तेस्रो हुने माओवादी केन्द्रकी गीता खड्का कार्कीले ६ हजार ५६८ मत पाएकी छिन् । 

यसैगरी, त्रियुगा नगरपालिकाका १६ वटा वडामध्ये कांग्रेसले वडा नम्बर १, ३, ४, ५, ८, ९, ११, १२, १३ मा जितेको छ । एमालेले वडा नम्बर २, ६, ७ र १० जितेको छ भने माओवादी केन्द्रले १४, १५ र १६ नम्बर वडामा जित हात पारेको छ । उदयपुरको अन्य सात पालिकाको मतगणना यसअघि नै सम्पन्न भइसकेको छ । 
 

ad
ad