१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प छैन : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:११:oo

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले राज्यका कुनै पनि निकाय विकासको सहयोगी हुनुपर्ने बताए।

विकास निर्माणको काममा बाधा उत्पन्न हुने किसिमको कुनै पनि काम नहोस् भन्नेमा राज्यका सबै निकाय सजग हुनुपर्ने भन्दै उनले अदालतको फैसलाको पाठको आधारमा निर्माणकार्यलाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे।

‘अब यसको विकल्प छँदै छैन। विकासका सहयोगी हुनुपर्छ राज्यका कुनै पनि निकाय, विकासको बाधक हुने होइन। न्यायपालिकाको निर्णय गर्ने तरिकाबारे पनि गहन चिन्तन, मनन गर्नुपर्ने भएको छ। यसरी विकासको निम्ति सहयोगी हुनुपर्नेमा बाधा उत्पन्न हुने किसिमको कुनै पनि काम नहोस् भन्नेबारेमा हामीले सबै निकायलाई सजग बनाउनुपर्ने आवश्यकता छ,’ उनले भने।

ad
ad