१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहमति, सहकार्य र सहअस्तित्वको अवधारणामा रहेर काम गर्छु : उपमेयर डंगोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३५:oo

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सहमति, सहकार्य र सहअस्तित्वको अवधारणामा रहेर नगरवासीको हितमा काम गर्ने बताएकी छिन्। शपथग्रहणपछि सुन्धारामा रहेको महानगरको कार्यालयमा पदभार ग्रहण गर्दै उनले मेयर बालेन्द्र साहसँग सहकार्यमा काम गर्ने बताइन्।

उनले आफूलाई कानुनले दिएको अधिकार प्रयोग गरेर नगरवासीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। ‘उपमेयरलाई कार्यकारी अधिकार छैन। कानुनले दिएको अधिकार प्रयोग गरेर नगरवासीको हितमा काम गर्नेछु,’ उनले भनिन्।