१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १९:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जहाज यहाँ छ भन्ने जानकारी आयो तर त्यहाँ पुग्न सक्ने अवस्था भएन : नेपाली सेना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४५:oo

आइतबार बिहान १०ः७ देखि सम्पर्कविहीन भएको तारा एयरको जहाज अझै फेला पर्न सकेको छैन।  मुस्ताङको मानापाथी हिमालको मुनि दुर्घटनामा परेको भन्ने खबर स्थानीयबाट प्राप्त भनिए तापनि स्थलपुष्टि भने अझै हुन सकेको छैन। 

भौगोलिक कठिनता र प्रतिकूल मौसमका कारण जहाज दुर्घटना भएको आशंका गरिएको क्षेत्रमा पुग्न कठिन भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। उनका अनुसार आइतबार १०ः३० बजेदेखि नै नेपाली सेनाको टोली जहाजसहित खोजी कार्यमा खटिए तापनि सफल हुन सकेन।

मुस्ताङको खवाङदेखि चार घण्टा पैदल हिँडेर पुग्न सकिने मानापाथी हिमालको मुनि जहाज दुर्घटना भएको प्रारम्भिक जानकारी सेनालाई प्राप्त भएको छ। यद्यपि आइतबार उक्त ठाउँमा पुग्न सम्भव नभएको प्रवक्ता सिलवालले जानकारी दिए। उनका अनुसार सोमबार बिहानैदेखि उक्त क्षेत्र सेना प्रस्थान गर्नेछ। 

आइतबार दिनभर पानी परिरहेको र बाक्लो कुहिरो लागेका कारण हेलिकोप्टर तथा सेनाको फौज त्यहाँ पुग्न नसकेको हो। ‘आज दिनभरि नै खोजीकार्य भयो, जहाज यहाँ छ भन्ने जानकारी त आयो तर त्यहाँ पुग्न सक्ने अवस्था भएन,’ उनले भने, ‘सोमबार बिहानै नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गर्नेछ।’ 

आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि तारा एयरको जहाज छुटेको थियो। उडेको करिब १७ मिनेटपछि जहाज सम्पर्कविहीन भएको थियो। त्यसलगत्तै खोजीकार्य बढाइएको थियो। जहाजमा १९ जना यात्रु र ३ जना चालकदलका गरी २२ जना रहेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ।