१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

टारीगाउँ विमानस्थल स्तरोन्नति गर्न बजेट विनियोजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:५६:oo

दाङको तुलसीपुरस्थित टारीगाउँ एयरपोर्ट स्तरोन्नतिका लागि बजेट विनियोजन भएको छ । आन्तरिक हवाई सेवाको गुणस्तर बृद्धि तथा पहुँच विस्तार गर्न टारीगाउँ एयरपोर्टसहित डडेल्धुरा, बाग्लुङ, टीकापुर, चौरजहारी, उदयपुरलगायतको हवाई सेवा विस्तारका लागि बजेट विनियोजन गरिएको छ । त्यसका लागि सरकारले १२ अर्व २४ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए । आगामी आर्थिक वर्ष ०७९-८० को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले उक्त बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्। यसअघि टारीगाउँ एयरपोर्टको स्तरोन्नतिका लागि बजेट विनियोजन भएको थिएन ।

टारीगाउँ एयरपोर्टको धावनमार्ग विस्तार गरेमा ठूला जहाज अवतरण गर्ने र  हवाई भाडा कम हुने अपेक्षा गरिएको छ । अहिले ७५० मिटर लम्बाइ रहेको धावन मार्ग हुँदा ठूला जहाज अवतरण गर्न सक्ने अवस्था छैन । विमानस्थलको धावनमार्ग १२ सय मिटरको गराउन अभियान पनि थालिएको छ । 
 

ad
ad