१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नवीन अर्याल काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

बजेटमा समेटियाे प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, ढाँचा निर्माण गरी बोर्डबाट अघि बढाइने

Read Time : < 1 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:o९:oo

सरकारले बाराको निजगढमा बनाउने भनिएको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई पनि बजेटमा समेटेको छ। अर्थमन्त्री शर्माले निजगढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना निर्माण अगाडि बढाउने बताएका छन्।

गत हप्ता सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन भन्दै अहिलेसम्म गरिएका निर्णय र कामहरू खारेज गरेको थियो। सर्वोच्चको पूर्ण पाठ भने अझै आइसकेको छैन।  २८ वर्षदेखि बहसमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म ३ अर्ब रुपैयाँ लगानी भइसकेको छ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा निजगढ विमानस्थल बनाउन लगानी र निर्माणको ढाँचा टुंगो लगाएर आव ०८०/८१ देखि निर्माण सुरु गर्ने घोषणा गरेको थियो। क्यानले पनि निजगढ विमानस्थलको गुरुयोजन र डिजाइनको काम गरिरहेको छ, जुन अन्तिम चरणमा छ।

*यसअघि अन्यथा भएकाेमा सच्याइएकाे छ ।

ad
ad