मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ १३ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ १३ शुक्रबार १९:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्नी हत्याका दोषी पूर्वडिआइजी कोइराला पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ १३ शुक्रबार १९:४१:oo

पत्नी हत्याका दोषी पूर्वडिआइजी रञ्जन कोइरालालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले उनलाई नयाँ वानेश्वरबाट पक्राउ गरेको हो। सर्वोच्च अदालतले जन्मकैदको सजाय नघटाउने फैसला गरेको थियो।

सोही आधारमा कोइरालालाई पक्राउ गरिएको महाशाखाका एसएसपी वसन्त कुँवरले जानकारी दिए। उनका अनुसार रञ्जन केही दिनदेखि लुकीछिपी बस्दै आइरहेका थिए। सर्वोच्चको फैसलापछि प्रहरीले उनको खोजी गरेको थियो। 

यसअघि सर्वोच्च अदालतले जन्मकैदको सजायलाई घटाएर साढे ८ वर्ष कायम गरेपछि २०७७ साउनमा कोइराला डिल्लीबजार कारागारबाट छुटेका थिए। ०७७ असारमा प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको जन्मकैद घटाएको थियो। तर बिहीबार उक्त फैसला सर्वोच्चले उल्ट्याएर थप सजाय सुनाएको थियो।