१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
तस्बिरहरु : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

असल र जिम्मेवार जनप्रतिनिधिको रूपमा काम गर्ने नवनिर्वाचित उपमेयर डंगोलको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५४:oo

काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंवासीको असल र जिम्मेवार जनप्रतिनिधिको रूपमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। शुक्रबार काठमाडौंमा आयोजित निर्वाचित मतपरिणाम घोषणा कार्यक्रममा बोल्दै नवनिर्वाचित उपमेयर डंगोलले आफूले निर्वाचनको परिणामलाई उत्साहको रूपमा भन्दा पनि जिम्मेवारीबोधको रूपमा लिएको प्रतिक्रिया दिइन्।

आफूले निर्वाचनको वेला भन्ने गरेको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित, सांस्कृतिक नगरी काठमाडौं महानगरपालिकालाई बनाउने अभियान आजैबाट सुरु भएको उल्लेख गर्दै उनले त्यसमा साथ दिन पनि सबै मतदातालाई आह्वान गरिन्। 

‘यो जितलाई मैले उत्साहभन्दा पनि जिम्मेवारीको रपमा लिएकी छु। यो जिम्मेवारीलाई कर्तव्यनिष्ट भई इमानदारीपूर्वक काठमाडौंवासीको असल र जिम्मेवार जनप्रतिनिधिको रूपमा काम गर्ने प्रतिबद्धता पनि यहाँहरूमाझ जाहेर गर्न चाहन्छु। यसको साथसाथै काठमाडौं महानगरपालिकालाई सुरुको दिनदेखि नै भन्दै आएको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित सांस्कृतिक नगरी बनाउने यो अभियान आजबाटै सुरु भएको छ, औपचारिक रूपमा,’ उनले भनिन्।

उपमेयर डंगोलले एक–अर्काको खुट्टा तान्ने प्रवृत्तिभन्दा माथि उठेर काम गर्ने आफ्नो योजना रहेको बताउँदै आफूहरूबाट गल्ती हुन नदिन आममतदाताले खबरदारी गरिरहने विश्वास व्यक्त गरिन्।