मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७९ जेठ १२ बिहीबार २२:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वीरगन्जका मेयरले सम्हाले कार्यभार, सय दिनमा परिणाम देखाउने प्रतिबद्धता

Read Time : < 1 मिनेट
२०७९ जेठ १२ बिहीबार २२:०३:००

वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले कार्यभार सम्हालेका छन् । वीरगन्जको पुरानो बसपार्कमा आयोजित पद तथा गोपनीयताको शपथग्रहणपछि सिंहले कार्यभार सम्हालेका हुन् । 

मेयर सिंहले शपथग्रहण गरेको २४ घन्टाभित्र परिवर्तनको महसुुस गराउने प्रतिबद्धता जनाएका छन् । उनले कार्यभार सम्हाल्दै घन्टाघर र पावरहाउस क्षेत्रमा भत्किएको सडक तत्काल मर्मत सम्भार गर्ने निर्णय गरेका छन् । 

महानगर क्षेत्रका ३० युनिटसम्म खपत गर्ने गरिब तथा विपन्न नागरिकहरूको मासिक न्यूनतम विद्युत् महसुल र इनर्जी चार्जसमेतको भुक्तानी दायित्व महानगरले व्यहोर्ने निर्णय गरेका छन् । 

यस्तै, महानगरका किसानले लिएका ४ सय ७० कृषि मिटरको सम्पूर्ण शुल्क पनि महानगरले तिर्ने निर्णय गरेका छन् ।  किसानहरूको उत्पादन क्षमता वृद्धि गर्दै उनीहरूलाई प्रोत्साहन गर्न उक्त निर्णय गरिएको सिंहले बताए ।

सय दिनमा परिणाम देखाउने प्रतिबद्धता
मेयर सिंहले सय दिनभित्र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । नगरवासीले बोकाएको ठुलो जिम्मेवारी पूरा गर्नु नै ठूलो काम भएको उनले बताए । उनले सम्मान गर्नका लागि कार्यालयमा नआउन आग्रह पनि गरेका छन् । 

उनले महानगरपालिकामा कर्मचारीहरूलाई नेताहरूको अगाडि पछाडि नभई नगरवासीको काममा लाग्न निर्देशन दिए ।