निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022
फाइल फाेटाे ।
२०७९ जेठ १२ बिहीबार १२:५९:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

बढ्दो सुरक्षा चिन्ताबीच चिनियाँ विदेशमन्त्री दक्षिण प्रशान्त क्षेत्रका राष्ट्रहरूको भ्रमण गर्दै

Read Time : > 1 मिनेट
२०७९ जेठ १२ बिहीबार १२:५९:००

संयुक्त राज्य अमेरिकाको विशेष चासोबीच चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण प्रशान्त क्षेत्रका देशहरूको औपचारिक भ्रमण गर्दै छन्। साना तर रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएका यी टापु राष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ बनाउन उनले बिहीबारदेखि औपचारिक भ्रमण गर्न लागेका हुन्।

वाङ यीको भ्रमण तालिकामा मे २६ देखि जुन ४ सम्म सोलोमन टापु, किरिबाटी, सामोआ, फिजी, टोंगा, भानुआटु, पपुवा न्युगिनी र पूर्वी टिमोर समावेश छ। वाङको भ्रमणले अर्थतन्त्र, पूर्वाधार, जलवायु परिवर्तन, जनस्वास्थ्य, प्रहरी र सुरक्षालगायत धेरै क्षेत्रमा सहकार्य र सम्झौताहरूको प्रस्तावलाई समेट्ने बताइएको छ।

‘चीनको उपस्थितिलाई  यस क्षेत्रका देशहरूले स्वागत गर्नुको कारण चीनले स्थानीयहरूको जीविकोपार्जनलाई प्रवर्द्धन गर्न र ती टापुहरूको आर्थिक सम्भावनालाई सक्रिय बनाउँन सक्छ भन्ने हो,’ विज्ञहरूले टिप्पणी गरेका छन्। यद्यपि, केही पश्चिमी सञ्चारमाध्यमले सुरक्षासम्बन्धी सहयोगमा मात्र ध्यान केन्द्रित गरेका छन्। साथै सहयोगले नयाँ शीतयुद्ध फैलाउन सक्ने टिप्पणी गरेका छन्।

बुधबार आयोजित पत्रकार सम्मेलनमा वाङ वेनबिनले वाङ यीको दक्षिण प्रशान्त महासागरको भ्रमणको उद्देश्य चीन र सम्बन्धित देशहरूबीचको मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै एसिया–प्रशान्त क्षेत्रको शान्ति, स्थिरता र समृद्धिमा योगदान पुर्‍याउनु रहेको बताएका छन्।

‘म केही व्यक्तिहरूको सनसनीपूर्ण टिप्पणीसँग पूर्ण रूपमा असहमत छु। म यो अवसरलाई चीन–पिआइसी सहयोगबारे केही तथ्यहरू सार्वजनिक गर्न चाहन्छु,’ उनले थपे। चीन र सोलोमन टापुहरूबीचको सुरक्षा सम्झौतालाई लिएर चिन्ता देखाएको अमेरिकाले दक्षिण प्रशान्त राष्ट्रहरूलाई चीनसँगको ‘छाया’ सम्झौताहरूबाट सावधान रहन चेतावनी दिँदै सहयोगलाई नाटकीय रूपमा विस्तार गर्न थप प्याकेज अगाडि बढाएको छ।

‘हामी चिन्तित छौँ, यी उल्लेख गरिएका सम्झौताहरू हतारमा गैरपारदर्शी प्रक्रियामा भएका वार्तालाप हुन सक्छन्,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भनेका छन्। उनले चीनसँग थोरै पारदर्शी र अस्पष्ट सम्झौताहरू प्रस्ताव गर्ने अभ्यास रहेको टिप्पणीसमेत गरेका छन्। रासस/एएनआई