मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोटका लागि मतदाताको अपहरण र हत्या भएको एमाले अध्यक्ष ओलीको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१२:oo

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले निर्वाचन सार्ने षड्यन्त्रबीच स्थानीय तहको निर्वाचन सम्पन्न भएको बताएका छन्। बिहीबारको संसद्को बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन्।

सम्बोधनको सुरुमै उनले विभिन्न षड्यन्त्रबीच एमालेको तीव्र दबाब र निर्वाचन आयोगलगायतको अडानका कारण मात्र निर्वाचन सम्पन्न भएको दाबी गरे। यद्यपि, भोट पाउनका लागि मतदाताको अपहरण र हत्या गरिएको अध्यक्ष ओलीको आरोप छ।

‘विभिन्न ठाउँमा आक्रमणबाट घाइते भए, अंगभंग भए मतदातहरू। जो सर्वभौमसम्पन्न छन्, जसको निर्भय वातावरणमा आफ्नो अभिमत प्रकट गरेर मतदानको माध्यमबाट आफ्नो प्रतिनिधि छान्ने अधिकार छ, त्यस्ता मतदातालाई घेर्ने, थुन्ने, छेक्ने, भयभित बनाउने अथवा अंगभंग बनाउने, कुटपिट गर्ने कामहरू भए,’ उनले भने।

सत्तापक्षले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भयो भने पनि सबै ठाउँमा प्रतिपक्षविरुद्ध प्रहार भएको ओलीको आरोप छ। सत्ता पक्षले बुथ कब्जा गर्दासमेत प्रहरी निरिह भएर बसेको उनले बताए।

‘सत्ता पक्षले बुथ कब्जा गरेका ठाउँमा प्रहरी निरिह भएर हेरेर बसेका छन्। बुथ कब्जा नगर भन्यो भने प्रतिपक्षका कार्यकर्ताहरु गिरफ्तार गरिएका छन्। यातना दिइएको छ। उम्मेदवारका घरमा बम पड्काइएको छ, उनले भने, ‘गठबन्धनको घोषित नीति नै थियो धुलो चटाइदिने। त्यही नीति निर्वाचनका क्रममा प्रकट भएको छ।’

निर्वाचन सकिएको १४ दिन बित्दासमेत सबै ठाउँमा निर्वाचनको परिणाम नआएको प्रति पनि अध्यक्ष ओलीले सरकारको आलोचना गरेका छन्।