मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १o:१८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालेनको स्वागतका लागि उनकाे गाउँँका स्थानीय आतुर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:१८:oo

बालेनका पिताको सम्पत्ति करिब ७० देखि ८० बिघा 

महोत्तरीको एकडारा गाउँपालिकाका स्थानीय बालेन साहलाई स्वागत गर्न आतुर छन् । तत्कालीन एकडारा गाउँकै जमिनदार (महाजन) परिवारका कान्छो छोरा बालेन्द्र काठमाडौं महानगरपालिकाको मेयर बन्ने पक्का भएपछि महोत्तरीस्थित उनको पैतृक गाउँमा स्थानीयहरू खुसीले प्रफुल्ल छन् । 

बालेनलाई सघाउन र हौसला प्रदान गर्न उनलाई चिनेका बाल्यकालका साथीहरू मतगणना सुरु भएपश्चात् नै काठमाडौं पुगिसकेका छन् । पिता डा. रामनारायण साहका कान्छो छोरा बालेन्द्र बाल्यकालमा गाउँ आउने गरे पनि जनकपुर र काठमाडौंमा समेत घर भएकै कारण पैतृक गाउँ आउने क्रम पातलिँदै गएको थियो । 

बालेनको जन्म काठमाडौंमै भएको हो । डा. साहकी कान्छी श्रीमती ध्रुवदेवी साहको कोखबाट बालेन्द्र साह जन्मिएका हुन् ।  जागिरको क्रममा आमाबुबा काठमाडौंमा हुँदा उनको जन्म भएको थियो । 

बालेन जन्मिएको करिब ६ महिनामै उनको परिवारले गाउँ छोडेको थियो । उनका पिताले एकडाराको २ नम्बर  वडा कार्यालयलाई एक कट्ठा जमिन दान गरेर काठमाडौं फर्किएका थिए । 

हाल बालेनको पैतृक घर एकडारा गाउँपालिकाको कार्यालयलाई भाडामा दिइएको छ । सोही घरको दुईवटा कोठा पारिवारिक बसाइको लागि छुट्याएर राखिएको छ । बालेन वा उनका परिवारका सदस्य यहाँ आएको समयमा सोही कोठामा बस्ने गर्छन् । 

बालेन साहको गाउँको घर

बालेनका पिताका मित्रसमेत रहेका स्थानीय नरेश तिवारीले काठमाडौंमै सबैको जागिर भएकाले गाउँ आउजाउ निकै कम हुने गरे पनि बालेनका पिता डा. साह भने समय–समयमा गाउँ आउने गरेको बताए । 

बालेन केही समय पहिले बाबुसँग गाउँ आएका थिए । उनका पिताले गाउँमा रहेको केही जग्गा बेच्ने सोच बनाए थिए । तर, बालेनले नै गाउँमा रहेको सम्पत्ति बेच्नबाट बुबालाई रोकेको तिवारीले बताए । बालेनका पिताको सम्पत्ति करिब ७० देखि ८० बिघा रहेको  तिवारीले जानकारी दिए । 

यता गाउँमै बालेनको पुर्ख्यौली महादेव मन्दिर पनि छ । मन्दिरका पुजारी रहेका रामचन्द्र तिवारीले मन्दिरको पूजापाठ नियमित होस् भनेर बालेनका पिताले १० कट्ठा जग्गा उपलब्ध गराएको बताए ।  सोही जग्गाबाट हुने आम्दानीले मन्दिरको पूजापाठ नियमित हुँदै आएको तिवारीले जानकारी दिए । 

यस्तो छ बालेनको परिवार

स्थानीयहरू बालेनको वंशबारे भन्छन्- मेथुर साह र धरकन साह दुई भाइ गाउँका जमिनदार रहेका थिए । दुवैलाई गाउँमा महाजन भनेर सम्बोधन गरिन्थ्यो । जेठो मेथुर साहलाई चार छोरा जन्मिए । डा. रामनारायण साह, इन्जिनियर सत्यनारायण साह, जितनारायण साह र इन्जिनियर लालबाबु साह ।

सोहीमध्ये जेठो डा. रामनारायण साहका दुई छोराहरू क्रमशः कौशलेन्द्र साह र बालेन्द्र साह (बालेन साह) हुन् । बालेन्द्र कान्छाे छाेरा हुन् । उनी  विभिन्न बिदा, चाडपर्व मनाउन  गाउँ आउने गर्छन् । आजभोलि उनी काठमाडौंमै बढी व्यस्त हुने भएकाले गाउँ आउने क्रम केही पातलो भएको आफन्तले जानकारी दिए ।