मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ११ बुधबार २१:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीद्वारा जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ११ बुधबार २१:२७:००

नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहमा निर्वाचित आफ्ना नेतालाई १७ जेठभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । पार्टीका महासचिव डा. बेदुराम भुसालले विज्ञप्ति जारी गरेर जनप्रतिनिधिलाई निर्धारित समयमा आ-आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिँदै अनियमितता र भ्रष्टाचारमुक्त भई सरल जीवनशैली र असल आचरण अवलम्बन गर्न आग्रह गरेका छन् । 

पार्टीको निर्णय र निर्देशनको पालना गर्न  विज्ञप्तिमा आग्रह गरिएको छ । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न एकीकृत समाजवादीले भनेको छ । 

ऐन तथा कानुनको परिधिमा रहेर इमान्दारिता र कर्तव्यनिष्ठापूर्वक मुलुक र जनताको हितमा कार्यसम्पादन गर्न र निजी स्वार्थबाट टाढा रहन एकीकृत समाजवादीले निर्देशन दिएको छ ।