१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १५:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

ह्वावे एपिएसी ‘डिजिटल इनोभेसन’बारे बैठक सम्पन्न 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:२१:oo

ह्वावे र आसियान फाउन्डेसनद्वारा सञ्चालित ह्वावे एपिएसी डिजिटल इनोभेसनबारेको बैठक सम्पन्न भएको छ। बैठकमा १५ सयभन्दा धेरै सरकारी अधिकारी, विशेषज्ञ, अनुसन्धानकर्ता र एसिया प्यासिफिक क्षेत्रको दशभन्दा बढी देशका विश्लेषकबीच ‘डिजिटल इनोभेसन’ र ‘डिजिटल इकोनोमी’ विषयमा छलफल भएको हो। 
छलफलमा ह्वावेका रोटेटिङ अध्यक्ष केन हुले एसिया प्यासिफिक क्षेत्र संसारको सबैभन्दा सांस्कृतिक र आर्थिक रूपमा जीवन्त क्षेत्रहरूमध्ये एक रहेको बताए। ‘यसले लामो समयदेखि विश्वव्यापी आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ र अब डिजिटल इनोभेसनमा पनि उत्तिकै महत्वपूर्ण भूमिका खेल्दछ,’ उनले भने, ‘धेरै देशले डिजिटल रूपान्तरणलाई रणनीतिक पोलिसी लेभलमा लगेको र सक्रिय रूपमा ग्रिन हुँदै गइरहेका छन्।’ 
 
उनले ह्वावेको जरा एपिएसीमा गहिरिएर रहेकाे बताउँदै ग्राहकहरूलाई ३० वर्षभन्दा बढी समयदेखि सेवा दिइरहेकाे जानकारी दिए। २०२२ मा डिजिटल पूर्वाधार, लो कार्बन विकास र डिजिटल समावेशीकरण प्रवर्द्धन गरेर ग्रिन र डिजिटल एपिएसीका लागि समर्थन बढाउने उनको भनाइ थियो। 

कार्यक्रममा आसियान फाउन्डेसनका कार्यकारी निर्देशक याङ मिइङले पनि मन्तव्य राखे। आसियान आर्थिक समुदायका उपमहासचिव सतविन्दर सिंहले आसियान डिजिटल मास्टरप्लान २०२५ तर्फ प्रगतिको मास्टरप्लान प्रस्तुत गरे। उनले महामारीले कसरी डिजिटल रूपान्तरणको गतिलाई तीव्र बनाएको छ भन्नेबारे प्रस्ट पारे। मलेसियाका विज्ञान, प्रविधि र इनोभेसनमन्त्री डाटोअधम बिन बाबाले कसरी डिजिटलाइजेसन एप्सले धेरै चर्चा पाएको भन्दै यो सपना मात्र नभएर आवश्यकता भएको बताए। बंगलादेशका हुलाक तथा दूरसञ्चारमन्त्री मुस्तफा जब्बारले सन् २००८ मा डिजिटल बंगलादेश रणनीति प्रस्ताव गरेपछि बंगलादेशको सञ्चार उद्योग द्रुत गतिमा अगाडि बढेको बताए। ह्वावेको एसिया प्यासिफिक क्षेत्रका अध्यक्ष साइमन लिनले एपिएसीमा डिजिटल अवसरहरूबारे जानकारी गराएका थिए। 

एसिया प्यासिफिकमा ह्वावेले लगभग एक लाख उद्यम र क्लाउड साझेदारहरूसँग साझेदारी स्थापना गरेको कार्यक्रमको क्रममा प्यानल छलफल पनि आयोजना गरिएको थियो । जसमा सिंगापुरको नेसनल युनिभर्सिटीको ली कुआन यु स्कुल अफ पब्लिक पोलिसीका एसिया कम्पिटेटिभनेस संस्थानका निर्देशक पाउल चेउङस मोहम्मद जेलिद, एसिया र प्यासिफिकका लागि युनेस्को क्षेत्रीय विज्ञान ब्युरोका निर्देशक डा. सात सुक्री एम्बोङ, कर्पोरेट टेक्नोलोजी स्ट्राटिजी निर्देशक, मलेसियाको राष्ट्रिय अप्लाइड अनुसन्धान र विकास केन्द्र, डेभिड लु, ह्वावे एसिया प्यासिफिक स्ट्राटेजी र मार्केटिङ अध्यक्षलगायतको सहभागिता रहेको थियो।

ad
ad