१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format o६:४९:oo
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेकी गुरुङ निर्वाचित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:४९:oo

पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवार बनेका एकीकृत समाजवादीका धनराज आचार्य  र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएका छन् ।  मेयरमा विजयी आचार्यले ५८ हजार आठ सय ९३ पाए भने उपमेयर गुरुङले ६० हजार पाँच सय ४६ मत ल्याइन् । मेयरका निकटतम एमालेका कृष्ण थापालाई ६ हजार ४५ मत अन्तरले पराजित गर्दै आचार्य  पोखराको १५औँ  मेयरमा निर्वाचित भएका हुन् । थापाले ५२ हजार आठ सय ४८ मत प्राप्त गरे । पराजित एमालेका थापा गण्डकी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर मेयरको उम्मेदवार भएका थिए । थापा ०५४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पोखराको मेयरमा निर्वाचित भएका थिए ।

उपमेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई तीन हजार आठ सय ८३ मत अन्तरले पराजित गर्दै एमालेकी गुरुङ दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरेकी छिन् । मेयरमा उम्मेदवारी दिएका २३ जना उम्मेदवारमध्ये राप्रपाका शंकर खरालले पाँच हजार ६ सय ७४ र  स्वतन्त्र उम्मेदवारी दिएका अटेरी उम्मेदवार खड्कराज पौडेलले तीन हजार ३० मत प्राप्त गरे । उपमेयरमा उम्मेदवारी दिएका आठजनामध्ये राप्रपाकी रञ्जना सेन (रञ्जु) ले पाँच हजार पाँच सय ८१ प्राप्त गरेकी थिइन् ।

२३ वडामा कांग्रेस, नाै वडामा एमाले र एकमा स्वतन्त्र उम्मेदवार विजयी
३३ वडा रहेको पोखरामा रहेका दुई लाख सात हजार सात सय १२ जना मतदातामध्ये एक लाख ४३ हजार दुई सय २६ जनाले ३० वैशाखमा सम्पन्न निर्वाचनमा मतदान गरेका थिए । पोखराका ३३ वडामध्ये २३ वडामा कांग्रेस, नाै वडामा एमाले र एक वडामा स्वतन्त्र  उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए । यसअघि ०७४ सालमा सम्पन्न निर्वाचनमा मेयर र उपमेयरसहित २२ वडाको वडाध्यक्षमा एमाले र ११ वडाको अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।