१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ९ सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ९ सोमबार १६:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यौनजन्य हिंसामा हदम्याद राख्नैपर्छ : एमाले सांसद थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ९ सोमबार १६:३६:oo

प्रमुख प्रतिपक्ष दल एमालेकी सांसद थममाया थापाले यौनजन्य हिंसाका घटनाको अनुसन्धानका लागि हदम्याद राख्नैपर्ने बताएकी छिन्। प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा उनले यस्तो धारणा राखेकी हुन्।

‘यस्ता खालका घटना फेरि पनि नदोहोरिनका लागि एउटा सशक्त कानुन बनाउन सकिन्छ भन्ने कुरा विद्यमान कानुनमा हुर्नुपर्छ,’ पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसमेत रहेकी सांसद थापाले भनिन्, ‘यसलाई हदम्यादै नराख्ने भन्ने कुरा भएन। हदम्याद त राख्नैपर्ने हुन्छ।’

पीडितलाई न्याय दिने र पीडकलाई कडा कारबाही हुने गरी कानुनी व्यवस्था गर्न पनि उनले सरकारलाई सचेत गराएकी छिन्। ‘महिलाहरू जुन हिंसामा परिराखेका छन, त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा पनि भएका कानुनलाई परिमार्जन गर्नुपर्‍याे । र, कडा कानुन बनाउनुपर्‍याे। जसकारण पीडितले न्याय पाउन् र पीडक कोही पनि नछुटून्,’ उनले भनिन्।