१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुनावी परिणाम सन्तोषजनक, आगामी निर्वाचनमा तालमेलको आधार बन्यो : कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५१:oo

नेपाली कांग्रेसले निर्वाचनको परिणाम सन्तोषजनक भएको प्रतिक्रिया दिएको छ। कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी यस्तो प्रतिक्रिया दिएको हो। 

पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले अधिकांश स्थानीय तहको परिणाम आएको र केही स्थानमा आउने क्रममा रहेको भन्दै तीन सय २० पालिकामा कांग्रेस विजयी भइसकेको र परिणाम आउन बाँकी ६ स्थानमा जित सुनिश्चित बनेको बताए। 

‘अधिकांशको परिणाम आइसकेका छन्, केही स्थानमा मतगणना जारी छ। समग्रमा चुनावी परिणाम सन्तोषजनक छ,’ उनले भने, ‘गठबन्धन गरेर जाँदा हाम्रो लय मिलेको छ। तालमेल मिलेको छ। यसले आगामी निर्वाचनमा तालमेलको मजबुत आधार पनि बनेको छ। समग्रमा गठबन्धनको नेतृत्व पनि यसबाट खुसी छ।’

त्यस्तै, उनले कांग्रेसमा अन्तर्घातको समस्या स्थानीय तह निर्वाचनमा पनि देखिएको बताए। ‘यो निर्वाचनमा पनि कांग्रेसमा अन्तर्घातको समस्या रह्यो,’ उनले भने, ‘अन्यथा हामीले चार सयनजिक संख्याको जित हासिल गर्न सक्थ्यौँ।’