१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान दिइन्छ : महामन्त्री थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४९:oo

सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान दिइने बताएका छन्। आइतबार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्ववारा लिखित पुस्तक अतृप्त अवसर लोकार्पण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

उनले आफूहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको सुझावअनुसार उद्योग मन्त्रालयअन्तर्गत प्रधानमन्त्री नेपाली उत्पादन प्रवर्द्धन कार्यक्रमको नाममा छुट्टै परियोजना आउने बताए। यसअन्तर्गत कृषि, खाद्यान्न, वनपैदावार, जडीबुटी, औषधि, निर्माण तथा हस्तकलालगायतका क्षेत्रमा काम हुने उनले उल्लेख गरे।

‘हिजो मात्रै प्रधानमन्त्रीलाई भेटेर यो वर्षको नीति, कार्यक्रममा प्रधानमन्त्री नेपाली उत्पादन प्रवर्द्धन कार्यक्रम भनेर एउटा छुट्टै परियोजना उद्योग मन्त्रालयले लिड गर्ने यसमा एउटा सानो स्टडी गरेर नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीलाई गएर बुझाएको, उहाँले हाम्रो कुरा सुनिदिनु भयो,’ उनले भने।