मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १४:५८:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

लुम्बिनी सांस्कृतिकको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५८:oo

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाकाे मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका सजरुद्दिन खान आठ हजार दुई सय ११ मत ल्यायी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी डा. सिके राउत नेतृत्वकोे जनमत पार्टीका चन्द्रकेश गुप्ताले  पाँच हजार पाँच सय ९६ मत ल्याए । 

त्यसैगरी, नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी कल्पना हरिजन विजयी भएकी छिन् । उनले ६ हजार नाै सय ६९ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी शवनम जहाँ शेखले चार हजार नाै सय नाै मत प्राप्त गरिन् । 

नगरपालिकमा नेकपा एमालेले पाँचवटा वडामा जित निकालेको छ भने कांग्रेसले तीन, जसपाले तीन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक वडामा विजयी भएका छन् ।