Skip This
सबैले जवाफदेही भएर काम गरे तीव्र आर्थिक विकासको सम्भावना छ : अर्थमन्त्री शर्मा (भिडियाे)
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ६ शुक्रबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ ६ शुक्रबार १८:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सबैले जवाफदेही भएर काम गरे तीव्र आर्थिक विकासको सम्भावना छ : अर्थमन्त्री शर्मा (भिडियाे)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ ६ शुक्रबार १८:४३:oo

अर्थमन्त्री जनार्दन शर्माले सरोकारवाला सबै पक्षले जवाफदेही भएर काम गरे मुलुकको आर्थिक विकास तीव्रगतिमा हुने बताएका छन् । संसदमा जारी बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री शर्माले सरकारले बनाएका योजना समयमा नै कार्यान्वयन गरेर जवाफदेही भए आर्थिक वृद्धि तीव्रगतिमा अगाडि बढ्ने सम्भावना रहेको धारणा राखेका हुन् । 

‘सबै जवाफदेही भयौँ भने नेपालको आर्थिक वृद्धि तीव्रगतिमा अगाडि बढ्ने सम्भावना छ । हाम्रो कुल ग्राहस्थ उत्पादन, पुँजी निर्माण पनि अझ तीव्रगतिमा अगाडि बढ्ने सम्भावना छ,’ उनले भने ।  
मन्त्री शर्माले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा विविध समस्या देखिए तापनि व्यवसाय, पेसा, उद्योगधन्दा खोल्ने व्यवसायीहरूको सक्रियता बढेको बताए । उनले नयाँ उद्योगमा लगानी गर्ने चाहना बढ्दा चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा २६ हजारभन्दा बढी नयाँ कम्पनी दर्ता भएको जानकारी दिए । धेरै समस्याका बाबजुत अघिल्लो आर्थिक वर्षमा २५ हजार ३ सय कम्पनीहरू दर्ता भएका तर चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा २६ हजार ७ सय ५० कम्पनीहरू दर्ता भएकाे उनले बताए । 

अर्थमन्त्री शर्माले आन्तरिकसँगै बाह्य मुख्य तीन कारणले मुलुकको आर्थिक स्थितिमा समस्या आएको बताए । उनले कोभिड–१९ को प्रभाव, बेमौसमी वर्षा र पछिल्लो समय रुस र युक्रेनबीचको बढ्दो द्वन्द्वको प्रभाव नेपालमा समेत पर्दा अर्थतन्त्रमा समस्या आएको बताए ।