मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १४:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लामा कुटपिटबाट घाइते भएका शाहीको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५२:oo

हुम्लाको खार्पुनाथ गाउँपालिकामा आफ्नै  घरबाहिर बसिरहेको अवस्थामा कुटपिटमा परी घाइते भएका छत्रबहादुर शाहीको मृत्यु भएको छ। नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा उनको मृत्यु भएको हो।

वैशाख ३१ गते खार्पुनाथ– ५ का ६० वर्षीय शाही, मन्दिर ऐडी र ऐडीका छोरालाई एक समूहले कुटपिट गरेको थियो।  कुटपिटबाट गम्भीर घाइते भएका शाहीलाई हेलिकाेप्टरबाट उपचारका लागि सिमकोट ल्याइएको थियो। 

जिल्ला अस्पताल सिमकोटमा उपचार हुन नसकेपछि उनलाई सुर्खेत रेफर गरिएको थियो। उपचारका क्रममा शाहीको मृत्यु भएपछि आफन्तले लास बुझ्न अस्वीकार गरेका छन्। नौजनाविरुद्व उजुरी दर्ता गरे पनि अहिलेसम्म पक्राउ नपरेपछि लास नबुझेको मृतकका छोरा सागर शाहीले बताएका छन्।