१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

कालिञ्चोक गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:१९:oo

दोलखाको कालिञ्चोक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कालिञ्चोक गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका अर्जुनप्रसाद सिवाकोटी र नेकपा माओवादी केन्द्रबाट  कुलबहादुर बुढाथोकी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित अर्जुनप्रसाद सिवाकोटी नेकपा एमालेका उम्मेदवार गणेश सिवाकोटीलाई पराजित गर्दै पालिका अध्यक्ष बनेका हुन् भने बुढाथोकी एमालेकी उम्मेदवार कविता थामीलाई पराजित गर्दै पालिका उपाध्यक्ष बनेका हुन् । 

निर्वाचन अधिकृतको कार्यालय कालिञ्चोकका अनुसार अध्यक्ष उम्मेदवार अर्जुन सिवाकोटीले एमालेका गणेश सिवाकोटीलाई एक हजार एक सय १३ मतले पछि पार्दै जित हात पारेका छन् । उनले पाँच हजार सात सय ८६ मत पाए भने प्रतिस्पर्धी एमाले उम्मेदवार गणेशले चार हजार ६ सय ७३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्ष पदमा कुलबहादुर बुढाथोकीले पाँच हजार सात सय १८ मत प्राप्त गरी विजयी हुँदा एमालेकी कविता थामीले चार हजार नौ सय ७१ मत प्राप्त गरेकी छिन् । कालिञ्चोकका नाैवटा वडामध्ये कांग्रेस चार, माओवादी केन्द्र चार र एमालेले एउटा वडामा जित हात पारेको छ । 

ad
ad