१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १९:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

काठेखोला गाउँपालिका अध्यक्षमा कांग्रेसका राजु र उपाध्यक्षमा राजमोका तिलक विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:५८:oo

बाग्लुङको काठेखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेजेन्द्र थापा ‘तिलक’ विजयी भएका छन्। अध्यक्ष थापाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डिलबहादुर कार्कीसँग एक हजार मतान्तरले जित हासिल गरेका हुन्।

थापाले ७ हजार ७ सय ५० मत प्राप्त गरेका छन् भने कार्कीले ६ हजार ७ सय ५० मत प्राप्त गरेका छन्। उपाध्यक्षमा तिलक थापाले आफ्ना प्रतिद्वन्द्वी कोपिला पुनलाई २ सय ६५ मतान्तरले पराजित गरेका छन्। थापाले ६ हजार ७ सय १२ मत प्राप्त गरेका छन् भने पुनले ६ हजार ४ सय ४७ मत प्राप्त गरेका छन्। काठेखोला गाउँपालिकामा १४ हजार ७ सय ३३ मत खसेको थियो।

ad
ad