१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मतगणनास्थलमा प्रतिनिधि राख्ने विषयमा विवाद भएपछि एमाले कार्यकर्ताद्वारा नाराबाजी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:४३:oo

दाङको तुलसीपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका कार्यकर्ताले नाराबाजी गरेका छन्। मतगणनाका लागि दलका प्रतिनिधि राख्ने विषयमा विवाद भएपछि एमाले कार्यकर्ताले केही समय नाराबाजी गरेका हुन्।

गठबन्धनका उम्मेदवारले पाँचजना प्रतिनिधि राख्न पाउने तर एमालेले एकजना मात्रै राख्न पाउने विषयमा असहमति राख्दै अपराह्न साढे ४ बजेतिर एमाले कार्यकर्ताले निर्वाचन अधिकृतको कार्यालयमा नाराबाजी गरेका हुन्। गठबन्धनले पनि एउटा मात्रै प्रतिनिधि राख्न पाउनुपर्ने भन्दै विरोध जनाएका हुन्। गठबन्धनले पाँचजना राखे एमालेले पनि पाँचजना राख्न पाउनुपर्ने माग राखेका थिए।

निर्वाचन अधिकृत रामेश्वर अर्यालले चुनावमा सहभागी सबै दलले प्रतिनिधि राख्नुपर्ने बताएपछि एमाले कार्यकर्ता नाराबाजीमा उत्रेका हुन्। केही समय नाराबाजी भए पनि अहिले भने अवस्था सामान्य छ। अहिले मतगणना सुरु भइसकेको छ। मतगणनास्थलमा चुनावमा सहभागी सबै दलले एक-एकजना प्रतिनिधि राखेका छन्।

ad
ad