मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ४ बुधबार
  • Thursday, 10 July, 2025
फाइल फाेटाे ।
२o७९ जेठ ४ बुधबार १७:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतसँगका पारबहन सन्धिहरू पुनरावलोकन गर्न आवश्यक छ : पूर्वप्रधानमन्त्री भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ४ बुधबार १७:o९:oo

जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमाथिको छलफलमा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन्।

उनले नेपालले भारतसँग सुगाैली सन्धिपछि मुलुक परनिर्भतामा गएकाले विगतमा भारतसँग भएका व्यापार सन्धिहरू पुनरावलोकन हुनुपर्ने आवश्यकता देखिएको बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सुगाैली सन्धिभन्दा पहिले नेपालबाट भारतमा ५ गुणा बढी निर्यात गर्ने भए पनि त्यसपश्चात नेपालले उल्टो ५ गुणा बढी आयात गर्न लागेको उल्लेख गरे।

भौगोलिक हिसाबले चीनबाट सामान आयात र निर्यात गर्दा वस्तुको मूल्य बढ्ने भन्दै उनले भारतबाटै सामान आयात निर्यात गर्नुपर्ने पनि औँल्याएका छन्।

‘सुगाैली सन्धिभन्दा पहिले नेपालबाट भारतमा ५ गुणा बढी निर्यात गर्ने गरेका थियौँ। त्यसपछि ५ गुणा बढी आयात गर्न थाल्यौँ । अहिले हामी १५ गुणा बढी आयात गर्न गर्छौँ । यहाँ संरचनागत समस्या छ । यसलाई कसरी सच्याउनेभन्दा हामीले भारतसँग विगतमा गरेका व्यापार वाणिज्य पारबहन सन्धिहरू गरेका छौँ । यी सबै विषयलाई फेरि पुनरावलाेकन गरेर विशेष सुविधा मागेर नयाँ सम्झौता गरेर सच्याउनुपर्छ । यो नसचिएसम्म परिर्वतन हुँदैन । भारतसँग यो विषयमा नयाँ सहमति गर्नुपर्छ,’ उनले भने।