१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १o:१५:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

दिक्तेल–रूपाकोट–मझुवागढीको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:१५:oo

दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्तागठबन्धनमा आबद्ध चार राजनीतिक दलका साझा उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको यस नगरमा नेपाली कांग्रेसका तीर्थराज भट्टराई प्रमुख र नेकपा (माओवादी केन्द्र)का विसन राई उपप्रमुखमा विजयी भएका हुन् । 

भट्टराईले आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का कुमार आचार्यलाई चार हजार तीन सय ९३ र विसनले एमालेकै वीणादेवी राईलाई तीन हजार एक सय १९ मतान्तरले पछि पार्दै प्रमुख र उपप्रमुखमा विजयी भएको मुख्य निर्वाचन अधिकृत मात्रिकाप्रसाद आचार्यले जानकारी दिए । भट्टराईले ११ हजार तीन सय ८९ मत ल्याएर विजयी हुँदा आचार्यले ६ हजार नौ सय ९६ मत र विसनले १० हजार चार सय ३८ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी वीणादेवीले सात हजार तीन सय १९ मत ल्याएकी छिन् ।  

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राप्रपाका जीवनकुमार श्रेष्ठले नगर प्रमुखमा चार सय पाँच मत, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले ४८ मत तथा राप्रपाबाटै उपप्रमुखमा चन्द्रकुमारी राई ‘तारा’ले पाँच सय ६६ मत ल्याएको सहायक निर्वाचन अधिकृत प्रतिभा राईले जानकारी दिइन् । नगर प्रमुख र उपप्रमुखमा चार राजनीतिक दलबीच चुनावी तालमेल भएको यस नगरपालिकाको अधिकांश वडामा एक्ला–एक्लै प्रतिस्पर्धा भएको थियो । 

१५ वडा रहेको यस नगरपालिकाको प्रमुखमा अघिल्लो निर्वाचनमा एमालेबाटै दीपनारायण रिजाल विजयी भएका थिए ।