मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ४ बुधबार
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ४ बुधबार o७:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चुनावी परिणामप्रति माधव नेपालको असन्तुष्टि : गठबन्धनमा राम्ररी सहकार्य भएन, गम्भीर समीक्षा गर्छौं 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ४ बुधबार o७:१८:oo

नेपालले सत्तारुढ गठबन्धनका दलहरूले आफ्नो पार्टीसँग सहकार्य गर्न नचाहेको र मत नदिएकोप्रति खुलेरै असन्तुष्टि पोखे

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचनको परिणामप्रति असन्तुष्टि जनाउँदै सत्तारूढ गठबन्धनभित्र समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् । अपेक्षाअनुसार निर्वाचनमा मत नआएको भन्दै उनले गठबन्धनका घटकहरूले नै आफ्नो दलसँग सहकार्य गर्न नचाहेको बताए ।

२९औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा एकीकृत समाजवादीले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा नेपालले भने, ‘पार्टी निर्माणको सवालमा हामीले गम्भीर छलफल चलाउनुपर्ने आवश्यकता छ । हामी निर्वाचनको पनि गम्भीर समीक्षा गर्नेछौँ । गठबन्धनको पनि समीक्षा गर्नेछौँ, कहाँ त्रुटि भयो आगामी दिनमा कहाँ सुर्धानुपर्छ, कसरी जाने हो समीक्षा गर्छौँ ।’ 

नेपालले सत्तारुढ गठबन्धनका दलहरूले आफ्नो पार्टीसँग सहकार्य गर्न नचाहेको र मत नदिएकोप्रति खुलेरै असन्तुष्टि पोखे । ‘गठबन्धनमा रहेका अरू दलहरूले हामीसँग राम्ररी सहकार्य गर्न चाहेनन् । त्यसभित्र आफ्नै खालका कुराहरू होलान्, जेसुकै गरे पनि यो पार्टीलाई बलियो जगमा उभ्याउनुपर्छ, अहिलेसम्मको निर्वाचनको परिणाम हेर्दा हाम्रो पार्टीले प्राप्त गर्नुपर्नेजति छैन होला,’ नेपालले भने, ‘संख्याको हिसाबले पाँच सयको सदस्यको तहलाई अहिले हामी नाघिरहेका छौँ । सयजनाको सेरोफेरोमा वडाध्यक्ष जित्ने स्थिति बनाएका छौँ । झन्डै १५–२० पालिकाका प्रमुख र उपप्रमुख जित्ने स्थिति बनेको छ, कतिपय ठाउँमा राम्रै अवस्था पनि छ भने कतिपयमा हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौँ ।’