१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १८:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा एमालेका विष्णु केसी निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १८:o४:oo

कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेका विष्णुबहादुर केसी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका युवराज कुँवरलाई ७ सय ६३ मतले पछि पार्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन्।

केसीले ६ हजार ७२२ मत प्राप्त गर्दै निर्वाचित हुँदा कांग्रेसको तर्फबाट अध्यक्ष उम्मेदवार युवराज कुँवरले पाँच ९५९ मत प्राप्त प्राप्त गरे। अन्नपूर्णको उपाध्यक्षमा नेकपा एमालेकी चन्द्रकला अधिकारी निर्वाचित भइन् । उनी ६ हजार ६०८ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्।  

यसअगाडि २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेले जितेको थियो।  नेपाली कांग्रेसकी खिमकुमारी गुरुङले ६ हजार सय १४ मत प्राप्त गरिन्। अन्नपूर्ण गाउँपालिकामा २० हजार ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेको थियो।
 

ad
ad