Skip This
नेत्रावती डवजोङमा कांग्रेस विजयी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३ मंगलबार
  • Monday, 17 June, 2024
२o७९ जेठ ३ मंगलबार १७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

नेत्रावती डवजोङमा कांग्रेस विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ३ मंगलबार १७:३३:oo

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। दुई हजार पाँच सय ४२ मतसहित अध्यक्षमा कांग्रेसका मेघनाथ रिजाल निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उर्मिला तामाङ गुरुङले एक हजार छ सय ८३ मत प्राप्त गरेकी छिन्।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार सीतामाया गुरुङ दुई हजार सात सय ८६ मत ल्याई विजयी भएकी छिन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी विनाकुमारी मम्बाले एक हजार छ सय ३३ मत प्राप्त गरेकी छिन्।

नेत्रावती गाउँपालिकाको वडा नं १, २ र ३ मा क्रमशः नेपाली कांग्रेसका ठाकुर गुरुङ, मीनबहादुर तामाङ, सुरेस गुरुङ विजयी भएका छन्। वडा नम्बर ४ मा नेकपा एमालेका तिलबहादुर गुरुङ र वडा नम्बर ५ मा नेपाली कांग्रेसका हरि अधिकारी विजयी भएका छन्।

ad
ad
ad
ad