मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format ११:२६:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

रोल्पाको लुंग्रीमा माओवादी र रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२६:oo

रोल्पाको लुंग्री गाउँपालिकामा माओवादी र रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी भएका छन् । लुंग्री गाउँपालिकामा यसअघिको कांग्रेस सत्ता उल्टाउँदै माओवादी केन्द्र विजयी भएको हो । विजयी माओवादीका भरतकुमार थापाले चार हजार नौ सय ६४ मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जनक खड्काले चार हजार दुई सय ९९ मत प्राप्त गरी पराजित भएका छन् ।

गाउँपालिका उपाध्यक्षमा माओवादीका दिलकुमारी गुरुङ चार हजार सात सय ४० मत ल्याएर विजयी भएकी छिन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी मुन्नीदेवी रोकाले चार हजार दुई सय  ६६ मत ल्याएकी छिन् । सात वडा रहेको लुंग्रीमा १ र २ नेपाली कांग्रेसले जितेको छ भने ३ ,४, ५, ६ र ७ नम्बर वडा माओवादी केन्द्रले जितेको छ ।

त्यस्तै, रोल्पाको रुन्टीगढी गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका जनक पुन चार हजार तीन सय ९१ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोविन्द पुन तीन हजार सात सय आठ मत ल्याई पराजित भएका छन् । यसअघि एमालेले जितेको उक्त गाउँपालिकामा यामबहादुर दशौंदी उम्मेदवार थिए । उनले तीन हजार पाँच सय ८७ मतका साथ तेस्रोमा चित्त बुझाउनुपरेको छ ।

उपाध्यक्षमा पनि कांग्रेसकै सरिता केसी चार हजार चार सय ३७ मतका साथ विजयी हुँदा एमालेकी हस्तमाली बाँठाले तीन हजार सात सय आठ र माओवादीकी कौशिला जिसीले तीन हजार ६ सय २८ मत ल्याएकी छिन् । रुन्टीगढी गाउँपालिकामा रहेका नाैवटा वडामध्ये तीन दलले तीन–तीनवटा वडा जितेका छन् ।